कोभिड-१९

थप २९ जनामा कोभिड संक्रमण

इकागज |
असार १२, २०७९ आइतबार १६:४३ बजे

नेपालमा थप २९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७७ पिसिआर परीक्षणका क्रममा २१ जना र ६ सय ५३ एन्टीजेन परीक्षणमा ८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ८९ जना निको भएका छन् । हाल नेपालमा १ सय ९२ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x