कोभिड-१९

कोभिड संक्रमण दर बढ्यो

इकागज |
असार ९, २०७९ बिहिवार १७:१ बजे

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ सय ९४ जनामा गरिएको परीक्षणबाट ४९ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार १२ सय ३४ जनाको पीसीआर र १२ सय ६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यस्तै, अहिले नेपालमा एक सय ६७ जना संक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । कोभिडका कारण नेपालमा हालसम्म ११ हजार नौ सय ५२ जनाले ज्यान गुमाइसकेका छन् ।  



Author

थप समाचार
x