कोभिड-१९

नेपालमा थप ८ जनामा कोभिड–१९ पुष्टि

इकागज |
जेठ १४, २०७९ शनिबार १६:५७ बजे

काठमाडौं– नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार १ सय १९ पिसिआर परीक्षणका क्रममा ५ जना र ८ सय ५० एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ५२ जना निको भएका छन् । हाल नेपालमा १ सय १४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 
 



Author

थप समाचार
x