कोभिड-१९

२४ घण्टामा थप ११ मा कोभिड-१९ सङ्क्रमण पुष्टि

इकागज |
जेठ ६, २०७९ शुक्रवार १८:२१ बजे

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा थप ११ मा कोभिड-१९ भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार ८ सय ७४ को नमूना परीक्षण गरिएको थियो । २ हजार ३ सयले पिसिआर र ५ सय ७४ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
  
सो अवधिमा १२ कोभिड-१९ बाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६६ हजार ९ सय ५० पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।  सो अवधिमा २० हजार ३४ ले  कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ४९ रहेको छ । अहिलेसम्म कोभिड-१९बाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ५२ पुगेको छ । 



Author

थप समाचार
x