अदालत

नक्कली भुटानी शरणार्थी प्रकरण : तीन आरोपितको बयान लिन सुरु

इकागज |
जेठ १६, २०८० मगलवार २०:२० बजे

फाइल फोटो

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतमा आरोपितहरु इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन सुरु भएको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन सुरु गरिएको बताइएको छ । इन्द्रजित राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उनलाई आज बयानका लागि लगिएको हो । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंककुमार गुरुङको बयान लिएको थियो । रासस



Author

थप समाचार
x