अदालत

क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुँदै

इकागज |
चैत १३, २०७९ सोमबार ९:५१ बजे

फाइल तस्बिर

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा आज (सोमबार)देखि अन्तिम सुनुवाइ सुरु हुने भएको छ। जिल्ला अदालत काठमाडौंले लामिछानेको मुद्दामा सोमबारदेखि अन्तिम सुनुवाइ सुरु गर्न लागेको हो । 'फास्ट ट्र्याक'बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ । 

शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनुनपर्ने गरी फैसला गरेको थियो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दा अन्तिमतिर आइसकेकाले मुद्दाको टुंगो लाग्दा नै राहत तथा क्षतिपूर्ति दिने निर्णय हुने भएकाले अन्तरिम राहत दिनुनपर्ने आदेश गरेको थियो । 


नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। १८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ ।


Author

थप समाचार
x