अदालत

देउवालाई विपक्षी दलको सेवा–सुविधा नदिन माग गर्दै दर्ता रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुँदै

इकागज |
माघ २५, २०७९ बुधबार ७:२८ बजे

काठमाडौं - नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको आज सुनवाइ हुने भएको छ । अधिवक्ता विमलप्रसाद पोखरेलले दर्ता गरेको रिट निवेदनमाथि  आज सुनवाइ हुन लागेको हो ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् । 


यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले निवेदन दरपिठ गरेका थिए । 


Author

थप समाचार
x