अदालत

रेशम चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश

इकागज |
माघ २२, २०७९ आइतबार २१:० बजे

फाइल फोटो

काठमाडौँ - सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ ।

न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आज सरकार पक्षलाई झिकाउने आदेश गरेको हो । अदालतको आदेशानुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीसहितले विपक्षी बनाएकाहरू अदालतमा उपस्थित हुनुपर्ने भएको चौधरी पक्षका अधिवक्ता विकास भट्टराईले जानकारी दिए । 


उक्त घटनाका बारेमा सरकारले कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त अदालतले तीन वर्षको कैद गर्ने फैसला सुनाएको थियो भने उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो ।

उक्त फैसलाविरुद्ध रेशमसहित सीताराम चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, राजकुमार कठरिया, प्रदीप चौधरी र लक्ष्मण थारूले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । सोही निवेदनमाथिको सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो ।
 
थरूहटको आन्दोनका क्रममा २०७२ साल भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जनाको ज्यान गएको थियो ।


Author

थप समाचार
x