अदालत

सन्दीपलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

इकागज |
माघ २०, २०७९ शुक्रबार १३:१६ बजे

काठमाडौँ - नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै दायर गरिएको निवेदनमा सर्वोच्च अदालतले पाटन उच्च अदालतको फैसलाको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । न्यायाधीश हरि फुयाँलको इजलासले सन्दीपविरुद्ध दर्ता मुद्दाको जाहेरीदेखि उच्च अदालतले धरौटीमा रिहा गर्न दिएको फैसलाको प्रतिवेदनसहितका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन आदेश दिएको हो । 

महान्यायाधिवक्ताको कार्यालयले नाबालिग बलात्कारका आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेको थियो । 


बलात्कार आरोपमा कारागार चलान भएका सन्दीपलाई पुर्पक्षको लागि धरौटीमा छोड्न उच्च अदालत, पाटनले आदेश दिएको थियो। त्यसपछि उनी २० लाख धरौटीमा थुनामुक्त भएका थिए । उच्चले धरौटीमा छाडेलगत्तै लामिछानेको निलम्बन फुकुवा गर्दै राष्ट्रिय क्रिकेट संघ (क्यान)ले लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।


Author

थप समाचार
x