अदालत

चोलेन्द्र आउने भएपछि सर्वोच्च गेटबाहिर बारकाे धर्ना

इकागज |
मंसिर २१, २०७९ बुधबार १४:२६ बजे

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत आउने भएपछि नेपाल बार एसोसिएसनले सर्वोच्चको गेटमै धर्ना थालेको छ ।

बुधबार संसद् सचिवालयले प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि जबरा सर्वोच्च फर्किने तयारीमा छन् ।


राणाको उक्त तयारीसँगै कानुन व्यवसायीहरूले सर्वोच्चमा धर्ना थालेका हुन् । धर्नामा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत सहभागी छन् ।


Author

थप समाचार
x