अदालत

चोलेन्द्र सर्वोच्च फर्कने तयारीपछि नेपाल बारको आकस्मिक बैठक

इकागज |
मंसिर २१, २०७९ बुधबार १३:३८ बजे

काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बार एसोसियसनको आकस्मिक बैठक बसेको छ। बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको जानकारी दिए ।

आफूलाई संघीय संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जबराले जानकारी गराएका छन् । सोही कारण सर्वोच्चमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।


यसअघि पनि जबराले आफू सर्वाेच्च जान लागेकाे भनेपछि बारले विराेध जनाएकाे थियाे । उनले संसद् सचिवालयबाट महाअभियाेग प्रस्ताव निष्क्रिय भएकाे पत्र पाएकाले अब के गर्ने भनेर बारकाे बैठक बसेकाे हाे ।
 


Author

थप समाचार
x