अदालत

घरलाई क्षति पुग्नेगरी टुकुचा खोलामा काम नगर्न उच्च अदालतको अन्तरिम आदेश

इकागज |
असोज ७, २०७९ शुक्रबार १२:३१ बजे

फाइल तस्बिर

काठमाडौं– उच्च अदालतले टुकुचाको जग्गाका हकमा असोज २६ गतेसम्म केही नगर्नू भनी काठमाडौं महानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।महानगर टुकुचा खोलामाथि निर्मित संरचना भत्काउने क्रममा थियो । त्यसविरुद्ध प्रेसिडेन्ट ट्राभल्स मुद्दामा गएको थियो ।

उच्च अदालतका पाटनका न्यायाधीश अमृत बस्नेत र दुर्गा विश्वकर्माको संयुक्त इजलाशले ‘घरलाई क्षति पुग्ने गरी काम नगर्नू’ भन्ने आदेश दिएको निवेदकका कानुन व्यवसायी ललित बस्नेतले जानकारी दिए । उनका अनुसार, अदालतले महानगरलाई निर्णयका डकुमेन्टसहित अदालतमा उपस्थित हुन पनि आदेश दिएको छ । 



Author

थप समाचार
x