अदालत

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिका सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

इकागज |
असार ८, २०७९ बुधवार १२:४६ बजे

काठमाडौँ- सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर नियुक्त गरेका विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी निर्णयका सक्कल फाइल झिकाउन आदेश दिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले बुधबार संवैधानिक परिषद्‍बाट भएका नियुक्तिसम्बन्धी निर्णयका फाइल झिकाउने आदेश दिएको हो ।  

अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार न्याय परिषद् सदस्य रामप्रसाद भण्‍डारी 'सम्भव' लाई विपक्षी कायम गर्न सर्वोच्चले आदेश दिएको हो । 


संवैधानिक परिषद्सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर संसदीय सुनुवाइबिनै तत्कालीन प्रधानमन्त्री केपी ओलीले २१ माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० गरी ५२ जना संवैधानिक निकायका पदाधिकारीहरूलाई नियुक्त गरेका थिए।


Author

थप समाचार
x