कर्पोरेट

सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल एसबीआई बैंकबीच रेमिटान्स सम्झौता

इकागज |
बैशाख २०, २०७९ मंगलबार १९:२८ बजे

काठमाडौंँ - सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल एसबीआई बैँकबीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमका बिच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआई बैंकको तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार नेपाल एसबीआई बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५ हजारभन्दा बढि सहायक प्रतिनिधिहरू मार्फत भुक्तानी हुने साथै सिटी एक्सप्रेस मार्फत आएको रेमिटेन्स नेपाल एसबीआई बैंकको सम्पूर्ण शाखाहरूबाट भुक्तानी गर्ने सम्झौता भएको छ । सो सम्झौता मार्फत देश तथा विदेशमा रहेका ग्राहकले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सकिने बिश्वास लिइएको छ । सिटी एक्सप्रेसले ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ भन्ने नारालाई आत्मसाथ गर्दै १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।


 


Author

थप समाचार
x