कर्पोरेट

१५.६५ लाभांश वितरण गर्दै गरिमा क्यापिटलको साधारणसभा सम्पन्न

इकागज |
बैशाख १२, २०७९ सोमबार १९:२५ बजे

काठमाडौँ- गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा साधारण सभा सम्पन्न भएको हो । गत शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । साथै लेखा परीक्षकको प्रतिवेदन पनि स्वीकृत भएको छ । 


साधारणसभाले आषाढ मसान्तमा कायम चुक्ता पूँजी ११ करोड ८१ लाखको १५.६५ प्रतिशतले हुन आउने रकमको १ करोड ८४ लाख ८३ हजार ८ सय ९५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको छ ।  साधारणसभाबाट पाँच ९ सय ५० जना सञ्चालकहरु निर्वाचित समेत भएका छन् । जसमा दिपक पाण्डेय, रमा कान्त बराल, यादवकुमार श्रेष्ठ, माधवप्रसाद उपाध्याय र अनिल श्रेष्ठ चयन भएका छन् । जसको अध्यक्षमा पाण्डेय निर्वाचित भएको क्यापिटलले जनाएको छ । 


Author

थप समाचार
x