कर्पोरेट

बाग्लुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम सम्पन्न

इकागज |
बैशाख १३, २०७९ मंगलबार १४:३८ बजे

काठमाडौँ - नबिल दिगो बैंकिङले बागलुङमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा नबिल बैंकका सञ्चालक समितिका सदस्य आशा राणा अधिकारीले नेपाल कृषिको देश भनेर चिनिने गरेको र कृषिमा आत्मनिर्भर हुनु पर्ने कुरालाई जोड दिँदै नबिल बैंकले कृषि तथा महिला उद्यमशीलतालाई मध्यनजर गर्दै सबैलाई समेट्ने गरी अगाडी बढ्न चाहेको बताइन् ।


नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझाले कार्यक्रममा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरताको बारेमा प्रकाश पारेका थिए । अन्तक्रिर्याको दौरान स्थानिय किसान, युवा तथा महिला उद्यमीहरुले उठाएका जिज्ञासा तथा सुझावहरूको समेत सम्बोधन गरिएको थियो । उक्त कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत प्रदेश सरकार, भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि बिकास निर्देशनालय, कृषि ज्ञान केन्द्र, बाग्लुङ र नबिल बैंक बिच पारस्परिक साझेदारीमा वित्तीय साक्षरता, वित्तीय पहुँच र उद्यमशीलता विकास गर्न सहकार्य गरी कृषि जन्य वाली÷वस्तु उत्पादन तथा प्रवर्द्धन, कृषि बजार विकास सहित व्यवसायिक कृषि उत्पादनको वृद्धि गरी रोजगारी सिर्जना गर्न सहयोग गर्न सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट गण्डकी प्रदेशका प्रमुख सुर्यबहादुर रोका र कृषि ज्ञान केन्द्र, बाग्लुङ तर्फबाट कार्यालय प्रमुख भानुभक्त भट्टराईले हस्ताक्षर गरे । कार्यक्रममा नबिल बैंक सेवा उत्कृष्टता प्रमुख प्रभावती सिंह विष्ट, नबिल बैंक बागलुङ शाखा प्रबन्धक सुदर्शन कुमार अर्याल रिचर्डको पनि उपस्थिती रहेको थियो । 
नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यो कार्यक्रम तथा कृषि ज्ञान केन्द्रको सम्झौता मार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पुर्‍याउन सहयोग गर्ने आशा लिएको छ ।


Author

थप समाचार
x