कर्पोरेट

सेञ्चुरी बैंकको नयाँ निक्षेप खाता

इकागज |
चैत १७, २०७८ बिहिवार १७:१९ बजे

काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ । नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित खाता सञ्चालनमा ल्याएको हो।

 सेञ्चुरी रिकरिङ मुद्धति र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता संचालनमा ल्याएको बैंकले जनाएको छ। न्यूनतम एकहजार मै खोल्न सकिने र खातामा क्रमिकरूपमा थप रकम जम्मा गर्न सकिनेछ । सेञ्चुरी रिकरिङ मुद्दतीमा खाता खोल्दाकै बखतको व्याज दर प्रदान गरिने छ । सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समयसमयमा प्रकाशित गरेको मुद्धति निक्षेप अनुरुपको व्याज प्रदान गरिने पनि बैंकले जनाएको छ। सेञ्चुरी बैंकका सम्पूर्ण शाखा मार्फत खाता खोल्न सकिने बैंकले जनाएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखा रहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 



Author

थप समाचार
x