कर्पोरेट

नयाँ वर्षमा टिसिएलको आकर्षक योजना

इकागज |
चैत १७, २०७८ बिहीबार ११:५३ बजे

काठमाडौँ-  टिभी ब्राण्ड टिसिएलले 'नयाँ बर्षको टिसिएलमय सुरुवात' योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्टको र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजना चैत्र ११ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले  जनाएको छ ।

ग्राहकहरुले टेलिभिजनको खरिदमा ५९ हजार सम्मको छुट पाउन सक्नेछन् । कर्भ्ड टेलिभिजनको खरिदमा  १९ हजारको छुटका साथै १ थान टिभी स्टिक उपहार पनि पाउन सक्नेछन्। त्यस्तै वासिङ मेसिन खरिदमा २७ हजार ४ सयसम्मको छुटका साथै ६ केजीको एरिअल वासिङ पाउडर उपहार पनि पाउन सक्नेछन्। र रेफ्रिजेरेटर खरिदमा ३३ हजार ४ हजारको  छुटका साथै केन्टको ओजोन एअर प्युरिफाएर  उपहार पनि पाउन सक्नेछन्।


​ त्यसै गरी एअर कन्डिसनर्स खरिदमा ५३, हजार ७ सयसम्मको  छुटका साथै ४ हजार रूपैयाँ बराबरको निशुल्क एसी जडान सुबिधा पनि पाउन सक्नेछन्। साथै वाटर डिस्पेन्सरको खरिदमा ४ हजार ९ सयसम्मको  छुट र चेस्ट फ्रिजरको खरिदमा १४ हजार ८ सय सम्मको  छुट पाउन सक्नेछन्।  

   यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो  र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ। नेपाल अधिराज्य भर टिसिएल ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ ।

सीजी इलेक्ट्रोनिक्स सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।


Author

थप समाचार
x