कर्पोरेट

बेकोले ल्यायो नयाँ वर्ष लक्षित  'सेट अ न्यू ट्रेडिशन' योजना

इकागज |
चैत १७, २०७८ बिहिवार १०:५७ बजे

काठमाडौँ - युरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नेपालीहरुको नयाँ बर्ष २०७९ लाई लक्षित गर्दै 'सेट अ न्यू ट्रेडिशन' नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत बेको ब्रान्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसअनुसार वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ के.जी. को एरिएल वाशिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा १ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेटको साथै पिजन फ्राई प्यान उपहार पाइन्छ।       

उक्त योजना चैत्र ११, २०७८ देखि सिमित अवधिका लागि लागू गरिएको छ । बेको ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको  सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ । सीजी इलेक्ट्रोनिक्स सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबि भवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।



Author

थप समाचार
x