कर्पोरेट

फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव

इकागज |
असोज २, २०८१ बुधबार ११:१४ बजे

काठमाडौँ- नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरू सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गर्दै, नेपाल र आम नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सव मनाएको छ ।  

“विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरू गरि रु २ अर्ब (१ करोड ५० लाख अमेरिकी डलर) भन्दा बढिको योगदान गरेको छ । हाम्रा सबै राम्रा कार्यलाई एउटै उदेश्य र छातामुनि ल्याउनु महत्वपूर्ण छ भन्ने कुरामा विश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौं,” वार्षिकोत्सव मनाउन मंगलबार आयोजना गरिएको एक विशेष कार्यक्रमका दौरान एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।


कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्याउनु फाउन्डेसनको भिजन रहेको बताएको छ । फाउन्डेसनको उदेश्यहरूमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।

एनसेलले वृहत्तर हितको पक्षमा सामाजिक कार्यहरू गरेको उल्लेखनीय ट्र्याक रेकर्ड छ । २०७२ सालको विनाशकारी भूकम्पपछि एनसेलले भूकम्प प्रभावित परिवारहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड रुपैयाँ प्रदान गरेको छ । साथै आफ्ना परिवारजन तथा आफ्न्तहरूसँग सम्पर्कमा रहि रहन कम्पनीले ग्राहकहरूलाई रु १ अर्ब ६० करोड बराबरको सेवा सुविधाहरू निःशुल्क उपलब्ध गराएको थियो ।

कोभिडको महामारीका बेलामा सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा रु १० करोड योगदान गर्ने एनसेल पहिलो निजी कम्पनी थियो । गत वर्षको जाजरकोट भुकम्पपछि एनसेलले भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग पुर्याउन कर्णाली प्रदेश सरकारलाई रु ५० लाख सहयोग उपलब्ध गराएको थियो र भुकम्प प्रभावित क्षेत्रका १० विद्यालयहरूलाई कक्षा कोठा बनाउन पनि सहयोग प्रदान गरेको थियो । 

त्यसैगरी २०७१ सालमा, देशका विभिन्न भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिका पीडितहरूको राहत तथा उद्धारका प्रधानमन्त्री प्राकृतिक विपत्ति राहत कोषलाई २० करोड सहयोग प्रदान गराएको थियो । 

१९औं वार्षिकोत्सवको कार्यक्रममा एनसेल फाउन्डेसनले आगामी  ५ वर्षमा कम्पनीले कम्तिमा रु. २० करोड सामाजिक पहलहरूमा योगदान गर्ने प्रतिबद्धता जनाएको छ । “एनसेलले टावरहरू राख्ने, मानिसहरूलाई दूरसञ्चार सेवा प्रदान गर्ने र रोजगारी दिने काम मात्र गर्दैन । सीएसआरमा दिगो, प्रभावकारी र ‘हामी तपाईंकै लागि’ थिम अनुसार काम गर्दै नेपालमा एक उदाहरणीय कम्पनीका रुपमा स्थापित हुने लक्ष्य सहित अगाडि बढेको कम्पनी पनि हो एनसेल,” जाब्बोरले भने ।

सोही कार्यक्रममा एनसेलले हालै मात्र पेरिस पारालिम्पिक्स २०२४ मा नेपालको लागि पहिलो पदक जितेर इतिहास रचेकी पारा खेलाडी पलेशा गोवर्धनलाई सम्मान पनि गरेको छ । जाब्बोरले गत वर्ष एनसेलले कसरी पलेशालाई सहयोग गर्ने निर्णय लियो भन्ने बारेमा पनि बताए ।

“एक वर्ष अघि एनसेलको वार्षिकोत्सवको अवसरमा हामीले पारालिम्पिक कमिटी नेपालसँग भेट गरी हामी तपार्इंहरूको संस्थामार्फत पारा खेलाडीहरूको विकासको लागि सहयोग गर्न चाहन्छौ भन्दा उहाँहरूले विश्वासनै गर्न सक्नुभएको थिएन । यो एक नितान्त सामाजिक पहल अन्तर्गत जहाँ सहयोग पुगेको छैन त्यो क्षेत्रमा सहयोग पुर््याउने उद्देश्य अनुरुप गरिएको सहकार्य थियो,” जाब्बोरले भने । 

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि सधैं सँगै’ र एनसेल फाउन्डेसनको शुमारम्भसँगै एनसेलले आफ्नो सामाजिक कार्यको धरातललाई अझै फराकिलो पार्दै समुदायको तल्लो स्तरमा सामाजिक पहलहरूका साथ धेरै भन्दा धेरै मानिसलाई लाभान्वित गर्ने उद्देश्य लिएको छ ।

एनसेल फाउन्डेसनको आरम्भसँगै १९औं वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्यहरू कार्यान्वयन गरिने छन् र प्रत्येक एक आयोजनाले १० लाख सीड फन्डको रुपमा सहयोग प्राप्त गर्नेछन्  । गत वर्ष ‘एटीन फर एटीन’ अन्तर्गत खुला गरिएका परियोजना प्रदेश स्तरमा कार्यान्वयन रहेकाछन् । 

सन् २००५ मा आजकै दिन अर्थात सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल)ले आफ्नो सेवा संचालनमा ल्याउँदै यात्रा शुरु गरेको थियो । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको छ । 

‘‘यो यात्रा हाम्रो ग्राहक, साझेदारहरू, सरकारी निकाय तथा नियामक निकायको बलियो साथ र भरोस बिना सम्भव थिएन । यसै साथ र भरोसालाई आगामी दिनको लागि आत्मसाथ गर्दै नेपाललाई डिजिटल भविष्यतर्फ डोयउन हामी तत्पर छौ,’’ जाब्बोरले भने । 

नेपालको एक ठूलो करदाताको रुपमा एनसेलले आफ्नो स्थापना काल देखि आज सम्म रु ३२० अर्ब भन्दा बढी सरकारलाई कर तथा शुल्कहरू बुझाई सकेको छ र नेपालको अर्थतन्त्रमा उल्लेखनिय योगदान पुर्‍याएको छ । 

सर्वसाधारणलाई भरपर्दो आधारभूत मोबाइल सेवा टुजी, थ्रीजी हुँदै फोरजी सेवा, वायरलेस मोबाइल ब्रोडब्याण्ड देखि प्वाइन्ट टु प्वाइन्ट कनेक्टिभिटी र मोबिलिटी सेवा देखि क्लाउड र डेटा सेन्टर सेवा सहित नेपाली व्यवसायहरूलाई उनीहरूका सञ्चार आवश्यकताहरू पुरा गर्न नवीनतम सेवाहरू प्रदान गरेर एनसेल नेपालको परिवर्तनको संवाहक बनेको छ ।

१९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले विभिन्न कार्यक्रमहरू जस्तै वृक्षरोपण, शैक्षिक सामग्रि वितरण, स्वास्थ्य शिविर, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग, रक्तदान कार्यक्रम, स्किल क्याम्प लगायतका विभिन्न कार्यक्रमहरू आयोजना गर्नेछ । साथै एनसेल व्यवस्थापनका उच्चपदस्त अधिकारीहरू र अन्य कर्मचारीहरू ग्राहकहरूसँग अन्तरक्रिया गर्न र उनीहरूको माया र निरन्तर सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरू र पोइन्ट अफ सेल्सको भ्रमण पनि गर्ने छन् । 


Author

थप समाचार
x