कर्पोरेट

बजाजको २५ वर्ष लिडरसीप योजना सम्पन्न

इकागज |
जेठ २४, २०८० बुधवार १०:३३ बजे

काठमाडौँ– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको “नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन” सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्ना उपभोक्ताहरुलाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यको साथ यो अभियान नयाँ वर्ष २०७८ को शुभ अवसरमा शुभारम्भ गरिएको थियो ।

अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो, जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, दस हजार श्रपैयाँसम्मको स्योर शट नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो । 


अभियानको बारेमा बोल्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.का निर्देशक अभिमन्यु गोल्छाले भने, “यो अभियान हाम्रो अहिले सम्मको यात्रामा हाम्रा ग्राहकहरूले वर्षौंदेखि दिनुभएको अटल साथका लागि आभार व्यक्त गर्ने र संगै यस उत्सवलाई मनाउने एक माध्यम थियो । नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ ।”

देशभरका ग्राहकहरूले “नेतृत्वको २५ वर्ष” अभियानका आकर्षक अफरहरूको अत्यधिक लाभ लिएका थिए । ग्राहकको सन्तुष्टिमा निरन्तर जोड दिएकोले र उत्कृष्ट उत्पादन तथा विश्वस्तरिय सेवा प्रदान गरेकोले नै अटोमोबाइल क्षेत्रमा बजाजको ब्रान्डको रुपमा स्थापित भएको छ ।
 


Author

थप समाचार
x