कर्पोरेट

नेपाली बजारमा भित्रिँदै गरेका रियलमीका स्मार्ट फोन किन किन्ने ?

इकागज |
जेठ १७, २०८० बुधवार १२:५३ बजे

काठमाडौं–रियलमीले एन सिरिज अन्तर्गतका दुईवटा दमदार स्मार्टफोन मोडलहरु नेपालमा ल्याउने भएको छ । एनले संकेतात्मक रुपमा विविधता, नयाँँपन र असिमित सम्भावनाहरुलाई जनाउने कम्पनीले जनाएको छ ।

रियलमी नेपालले यी मोडलहरु आफ्नो छुट्टै रुची, लगाव र लक्ष्य भएका जेनेरेसन जेड (जेन जि) का लागि डिजाइन गरिएको जनाएको छ । यी नयाँ स्मार्टफोनहरूमा ब्याट्री (चार्जिङ), चिपसेट(कार्यसम्पादन) र क्यामेराहरूमा आधुनिक अपडेटहरूका साथ स्मार्टफोनको बजारमा नयाँँ परिवर्तन ल्याउनेछन् । 


रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल–नार्जो एन ५३

यो रियलमीको अहिलेसम्मको सबैभन्दा स्लिम मोडल हो । यसमा ३३ वाटको फास्ट चार्जिङ, क्यामरा र लेटेस्ट चिपसेट रहेको छ । त्यस्तै यसमा ९० हर्जको आकर्षक एफएचडि डिस्प्ले र नयाँँ मिनी क्याप्सुल फिचर रहेको छ । यो एन सिरिजको नेक्स्ट जेन क्विक र नेक्स्ट जेन सिक स्मार्टफोन हो ।  

ब्याट्रीको असली पावर हाउस – नार्जो एन ५५

नार्जो एन ५५ मा शक्तिशाली ५००० एमएएचको ब्याट्री र सुपर फास्ट ३३ वाटको सुपर भोक चार्जिङ भएकोले बिजुली चम्केको गतिमा फोन चार्ज हुन्छ । त्यस्तै यसमा गज्जबका फोटोग्राफी फंक्सन भएका ६४ एमपिको एआइ क्यामरा र ८ एमपिको सेल्फी क्यामरा रहेको छ । ९० हर्जको रिफ्रेस रेट भएको फुल एचडि प्लस डिस्प्लेले गर्दा फोन चलाउन एकदमै सहज अनुभव हुन्छ । साथै यसमा मेडियाटेक हेलियो जि८८ चिपसेट, १२ जिबिको डाइनामिक र्‍याम, रियलमि युआइ ४.० र नयाँँ अटो पिक्सलेट सेफ्टी फिचर पनि रहेको छ ।
 


Author

थप समाचार
x