कर्पोरेट

आइएमई पे र अरोगीन हेल्थ केयरबीच सम्झौता, ४५ प्रतिशतसम्मको छुट

इकागज |
जेठ १७, २०८० बुधबार ११:२४ बजे

काठमाडौं | ‘आइएमई पे’ र अरोगीन हेल्थ केयर बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार, अब अरोगीन हेल्थ केयरमा आइएमई पे मार्फत भुक्त्तानी गर्दा ४५ प्रतिशतसम्म छुट प्राप्त सकिने छ। 

सम्झौता पत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका हुन् ।


उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुविधा प्रयोग गरी आइएमई पे मार्फत भुक्त्तानी गर्दा सुविधा बमोजिम ५ प्रतिशत देखि ४५ प्रतिशतसम्म छुट प्रदान गरिने छ। सो छुट सिमित सेवालाई मात्र लागू हुनेछ।


Author

थप समाचार
x