कर्पोरेट

सिटी एक्सप्रेसको सिइओमा सैंजु

इकागज |
जेठ १७, २०८० बुधबार १०:४२ बजे

काठमाडौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा निरजमान सैंजु नियुक्त भएका छन् ।  
कम्पनीमा अनुभवी कार्यकारी अधिकृत निरज मान सैंजुको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको  प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको सिटी एक्सप्रेसले जनाएको छ । 

सैंजुको बैंकिङ क्षेत्रमा २० वर्ष भन्दा बढी अनुभवका साथै धेरै वाणिज्य बैंकहरूको फिल्ड् ट्रेजरी विभागमा १५ वर्ष भन्दा बढी उत्कृष्ट अनुभव छ । क्यानडास्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्ष गरेका सैंजुसँग सुरक्षा र लगानीको क्षेत्रमा उल्लेखनीय ज्ञान छ । 
 


नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले आफूले कम्पनीको दिगो आर्थिक बृद्धिको लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालकोे सबैभन्दा ग्राहक केन्द्रित कम्पनी बनाउने बिश्वास दिलाएका छन् ।          
 


Author

थप समाचार
x