कर्पोरेट

टिभिएसको च्याम्पियन अफ टेक्नोलोजी अफर अब तीन दिन मात्र बाँकी

इकागज |
जेठ १५, २०८० सोमवार १४:५६ बजे

काठमाडाैं। जगदम्बा मोटर्स प्रा. लि ले नयाँ वर्षलाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन अब तीन दिन बाँकी रहेको छ ।

नयाँ वर्ष २०८० को अवसर अन्तर्गत टिभएएसले आफ्ना हरेक बाइकको खरिदमा आठ हजार रुपैयाँको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा सात हजार स्योर सट क्यास डिस्काउन्ट, र अपाचे बाइकको खरिदमा  पाँच हजार मूल्य बराबरको हेल्मेट सित्तैमा दिइरहेको छ ।


त्यसका साथै शून्य प्रतिशत  ब्याजदरको फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मुल्य भन्दा दस हजार बढी भ्यालुएसन पनि पाउने अवसर यस अफरमार्फत आफ्ना प्रयोगकर्तालाई उपलब्ध छ। सिमित अवधिका लागि लागू भएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब भने अन्त्य हुने भएको छ र यस अफरको फाइदा उठाउनका निम्ति प्रयोगकर्ता सँग केवल तीन दिन मात्र बाँकी रहने छ ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित भएको छ ।


Author

थप समाचार
x