कर्पोरेट

सानिमा बैंक अब नवलपरासीको सुनवलमा

इकागज |
जेठ १२, २०८० शुक्रबार १७:५२ बजे

काठमाडौँ– सानिमा बैंकले नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवलमा पनि शाखा विस्तार गरेको छ । सानिमा बैंक लिमिटेडले यही जेठ १२ मा नवलपरासीको सुनवल चोक, सुनवल नगरपालिका–४ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रूपमा गरेका थिए । 


समुद्घाटन समारोहमा मह जोडीले सुनवलमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई सफलताको लागि शुभकामना व्यक्त गरेका छन् । 
त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।


Author

थप समाचार
x