कर्पोरेट

नेशनल लाईफ इन्स्योरेन्सको ‘घलेगाउँ भ्रमण’

इकागज |
चैत १५, २०७९ बुधबार १५:३५ बजे

काठमाडौं– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम” सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ माघ महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकीय क्षेत्र घलेगाउँ भ्रमण गराउने र राष्ट्रिय चर्चित कलाकारसन्दिप क्षेत्रीज्यूसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।


देशैभरबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २५० जना बरिष्ठ अभिकर्ताहरुलाई घलेगाउँ भ्रमण गराइएको थियो । घलेगाउँ भ्रमणका क्रममा तहाँको स्थानिय साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै मनोरम दृष्य अवलोकन समेत गराईएको थियो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरुको घलेगाउँ भ्रमण कार्यक्रममा सहभागिता रहेको थियो । 

साथै, कलाकार सन्दिप क्षेत्रीसंग अभिकर्ताहरुलाई साक्षात्कार गराउने उदेश्यले घलेगाउँ भ्रमण पश्चात पोखरामा प्रमुख कार्यकारी अधिकृतसुरेश प्रसाद खत्रीको सभापतित्वमा समापन कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैँ अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सधैँ प्राथमिकतामा राख्ने उदेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी गराउँदै योजनामा छनौट हुन सफल भएका सम्पूर्ण अभिकर्ताहरुलाई बधाई ज्ञापन गरेका थिए ।
समापन कार्यक्रममा कलाकार सन्दिप क्षेत्रीको एकल मनोरञ्जानात्क प्रस्तुति रहेको थियो । 


 


Author

थप समाचार
x