कर्पोरेट

शाओमी १३ प्रोको प्रि–बुकिङ सुरु

इकागज |
चैत १०, २०७९ शुक्रवार १४:५३ बजे

काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन, शाओमी १३ प्रोको प्रि–बुकिङ सुरु गरेको छ । बन्डल अफरको रूपमा शाओमी नेपालले शाओमी १३ प्रोसँगै शाओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड पनि प्रदान गरिरहेको शाओमी नेपालले जनाएको छ ।

शाओमी नेपालका अनुसार प्रि–बुकिङ चैत्र ९ देखि २० गतेसम्म खुल्ला हुनेछ ।


शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले यो सफलता शाओमी फ्यानहरूकै मायाको परिणामको रुपमा रहेको बताए । उनले समर्थनले नै शाओमी यो उचाइमा पुग्न सफल भएको समेत बताए ।

लाईका क्यामेरासँग को–इन्जिनियर गरिएको शाओमी १३ प्रोले प्रो–ग्रेड लेन्सको साथ मास्टर–लेभल फोटोग्राफी प्रदान गर्ने शाओमी नेपालको दावी छ ।

नवीनतम स्नापड्रागन ८ जेन २, प्रिमियम फ्ल्यागशिप प्रदर्शनको साथ डिजाइन र बेस्ट–इन–क्लास डिस्प्ले समावेश भएको १२० हाइपर चार्ज र ४,८२० एमएएचब्याट्री भएको स्मार्टफोनको ब्याट्री चार्जिङ मात्र १९ मिनेटमा शतप्रतिशत हुन्छ ।

शाओमी नेपालले खरिद गरिएको मितिदेखि ग्राहकहरुलाई २४ महिनासम्म सेवा शुल्क छुट गरेको छ । शाओमीका ग्राहकहरुले नबिल बैंकमार्फत ०% ईएमआईमा यो अफर लिन सक्नेछन् ।

शाओमी १३ प्रो, १२+२५६ जिबी भेरियन्टमा सेरामिक ह्वाईट र सेरामिक ब्ल्याक गरि दुई भिन्न रङहरू उपलब्ध हुनेछ । ५ हजार रुपैयाँमा प्रि–बुक गर्न सकिने शाओमी नेपालले जनाएको
छ । यससँगै वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क पाउन सक्नुहुन्छ । मोबाइल फोनको मूल्य भने १ लाख २९ हजार ९९९ रहेको छ ।


Author

थप समाचार
x