कर्पोरेट

होण्डा टेक्निसियन स्कील कन्टेष्ट २०२३ सम्पन्न

इकागज |
चैत ७, २०७९ मंगलबार १८:१२ बजे

काठमाडौं– होण्डा टेक्निसियन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न भएको छ । 

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियन हरुको सीप र दक्षता अभिवृद्धि गर्ने र विक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्धेश्यका साथ हरेक वर्ष यस्तो कार्यक्रम गर्ने गरिन्छ ।


स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. सर्भिस डिभिजनको अगुवाईमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्र वाट २÷२ जना छनोट भई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए र सो प्रतियोगिता होण्डाको ट्रेनिङ्ग सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो ।    यसअघि विभिन्न मितिमा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरेको र जस अन्तर्गत काठमाण्डौबाट २ जना, विराटनगरबाट २ जना, जनकपुुरबाट २ जना, पोखराबाट २ जना र भैरहवाबाट २ जना प्रतियोगीहरु छनोट भई आएका थिए । 

स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.ली. ले विगतदेखि यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ । यस प्रकारको प्रतियोगिता बाट सहभागी टेक्निशियन हरुको कार्यदक्षता अभिबृद्धि हुनुको साथै आउदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने प्रतियोगीहरुले नगद तथा प्रमाण पत्र प्राप्त गरेका थिए जस अन्तर्गत प्रथम पुरस्कार बज्रअटो महाराजगन्जका केशव गजुरेल, द्वितीय पुरस्कार एसटीसी पोखराका झलेन्द« ईटानी र तृतीय पुरस्कार नौदेवी मोटर्स् बिराटनगरका बिनोद शर्माले प्राप्त गरेका थिए ।
 


Author

थप समाचार
x