कर्पोरेट

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा दयाराम शर्मा सर्वसम्मत

इकागज |
माघ २४, २०७९ मंगलबार १५:१ बजे

काठमाडौँ - नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो २०३ औंैं संञ्चालक समितिको बैठकबाट दयाराम शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । 

उनले आज डेप्युटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासँग औपचारिक कार्यक्रममा उनले अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् । 


तत्कालीन अध्यक्ष राम बहादुर मानन्धरको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भए पछि शर्मा हाउसको अध्यक्ष चयन भएका हुन् । 

हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो । 


Author

थप समाचार
x