कर्पोरेट

हिमालयन बैंकको ३०औं वार्षिकोत्सव सम्पन्‍न

इकागज |
माघ १२, २०७९ बिहीबार १२:१ बजे

काठमाडौँ- हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले बैंककको ३०औं वार्षिकोत्सवको अवसरमा नेत्रधाम फाउण्डसनको सहकार्यमा माछापुच्छ्रे गाउँपालिका–०१ स्थित माछापुच्छ्रे स्वास्थ्य चौकी, टुसे, कास्कीमा निःशुल्क आँखा परीक्षण शिविर र बैंकको   कर्मचारी संगठनको समन्वयमा केन्द्रीय कार्यालय, कमलादीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

डा. सन्यम बजिमय र उनको टोलीको नेतृत्व, नेत्रधाम फाउण्डसनको सहकार्य तथा हिमालयन बैंककको आर्थिक सहयोगमा माघ ४ गते देखि माघ ६ गते निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको हो ।


उक्त तीन दिने शिविरमा माछापुच्छ्रे गाउँपालिकाका जम्मा ३९० जनाले निःशुल्क आँखा परीक्षण गराए भने २६ जनाले निःशुल्क मोतीबिन्दु र जलबिन्दुको शल्यक्रिया गराइ लाभ लिएका थिए । 

यसै गरी “रक्तदान–जीवनदान” भन्ने मुल मन्त्रलाई मनन् गर्दै बैंकले कर्मचारी संगठनको समन्वयमा २०७९ माघ ७ गते शनिबारको दिन कमलादी स्थित केन्द्रीय कार्यालयमा सम्पन्न गरेको रक्तदान  कार्यक्रममा उपत्यका भित्र र बाहिर गरी २०० जना भन्दा बढी कर्मचारीहरुको उपस्थिति थियो भने करिब १०० जनाले रक्तदान गरी सहभागिता जनाए । 


Author

थप समाचार
x