टेलिकमको रिचार्जमा १० जीबीसम्म डाटा बोनस पाइने
फाइल तस्वीर
काठमाडौँ- नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (टपअप) गरे बापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले दुई सय, पाँच सय तथा एक हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।
दुई सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी एक हजार रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बोनस स्वरूप प्राप्त हुने कम्पनीले जनाएको छ ।
यो अफर मंसिर २० देखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने टेलिकमले जनाकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया