कर्पोरेट

सिभिल बैंकको १०२औं एटिएम चितवनको सौराहामा

इकागज |
असोज १६, २०७९ आइतवार १३:५० बजे

काठमाडौँ- समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२ औं एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको समुद्घाटन रत्ननगर नगरपालिका- ६ का अध्यक्ष किरण महतो र होटेल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपकप्रसाद भट्टराईले संयुक्त रुपमा गरेका छन् । 

उक्त एटिएमको उद्घाटन समारोहमा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका-६ का अध्यक्ष किरण महतो र होटेल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराई लगायत सो क्षेत्रका उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।  अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको उक्त एटिएम मार्फत आफुलाई आवश्यक पैसा सहज तरिकाले झिक्न सक्नेछन् । 


करिव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु र १३ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल   बैंकको हालसम्म यस एटिएम सहित देशका विभिन्न १०२ ठाउँहरुमा एटिएम स्थापित गरि सञ्‍चालन ल्याएको छ । साथै बैंकले गत आषाढ मसान्त सम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको छ । 


Author

थप समाचार
x