कर्पोरेट

आइएमई दसैँ अफरः चौथों हप्ताको नतिजा घोषणा

इकागज |
असोज १४, २०७९ शुक्रबार १२:३८ बजे

काठमाडौँ– दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत चौथोँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरब इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका हुन् । विजेताद्वयले जनही २५ हजार प्राप्त गर्नेछन् ।


त्यसैगरी, सेवाग्राहीहरू सिर्जना राई, आरती शाह, राजकुमार कुशवार, शुकबहादुर राई, बेगम वि.क, मनोज कुमार ताजपुरिया र राजनारायण महत्तो दैनिक विजेता छनोट भए । उनीहरु प्रत्येकले एक-एक सेट सामसङ मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् ।


Author

थप समाचार
x