कर्पोरेट

कुमारी बैंकद्वारा ७ जना ग्राहकहरुलाई बीमा सुविधा वापतको रकम भुक्तानी

इकागज |
असोज १४, २०७९ शुक्रबार १२:३६ बजे

काठमाडौँ- कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकलाई खातामा उपबल्ध बीमा सुविधा वापतको रकम भुक्तानी गरेको छ ।

उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोलेका गोकर्ण बहादुर श्रेष्ठलाई ३३ हजार २५०, शान्ती नेपालीलाई, अमृता कुमारी कँडेल, कविता श्रेष्ठ र रामचन्द्र श्रेष्ठलाई समान ३८ हजार, शक्ति श्रेष्ठलाई १७ हजार १ सय र नरेन्द्र भुवाजीलाई २८ हजार ७७ रुपैयाँ प्रदान गरिएको छ ।


शाखाका प्रबन्धक दीपकराज पौडेलले एक कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरे । बैंकले सो बीमा रकम नेको ईन्सुरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

बैंकले उक्त बचत खातामा बीमा सुरक्षण योजना अन्तर्गत २६ लाख रुपैयाँ सम्मको सुविधा प्राप्त हुने जानकारी गराएको छ ।


Author

थप समाचार
x