कर्पोरेट

एनसेलको आकर्षक चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’

इकागज |
असोज १४, २०७९ शुक्रबार १२:२१ बजे

काठमाडौँ- एनसेलका चाडपर्व लक्षित ग्राहकलाई सुलभ दरमा डाटा उपलब्ध गराउने भएको छ । ग्राहकका लागि चाडपर्वमा घरमा रहँदा होस् या बाहिर जहाँ भएपनि पनि डेटा सेवा लिन सकिने गरि एनसेलले ‘होम एन्ड अवे डेटा प्याक’ अफर संचालनमा ल्याएको हो ।

एनसेलले बिहीबार (असोज १३) बाट संचालनमा ल्याएको हो । ग्राहकले सजिलै एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स३० ह्यास डायल गरेर यो प्याक किन्न सक्छन् । एनसेल एप र एनसेलको वेबसाइट मार्फत पनि यो प्याक लिन सक्नेछन् ।


ग्राहकले यो प्याकमा कर सहित मात्र रु ५९९ मा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरि कुल ६० जीबी डेटा पाउँनेछन् ।

प्याकमा पाईने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर बाहिर जहाँ पनि चलाउन सक्छन् । यो प्याक अन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रहि यो प्याक सुचारु गर्दछ त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिन्छ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् र प्याकमा रहेको डेटाबाट फाइदा लिन सक्छन् । यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य हुन्छ ।

यो डेटा प्याकको विशेषता भनेको प्याकमा रहेको डेटा भोलुम खपत भइसके पछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागु हुँदैन । होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरि डेटा चलाउन सक्छन् ।

डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलो पटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ ।

चाडपर्वको अवसरमा ल्याइएको यस प्याकले ग्राहकलाई घर होस् या बाहिर देशको जुनसुकै स्थानमा रहि शुभकामना आदानप्रदान गर्न, चाडवाडको उत्साह तथा उमङ्गहरू साट्न र आफ्ना प्रियजन तथा साथीभाईसँग सहजै सम्पर्क रहि रहन मद्दत गर्दछ ।

 


Author

थप समाचार
x