कर्पोरेट

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा श्रेष्ठ

इकागज |
असोज १२, २०७९ बुधबार १०:५७ बजे

काठमाडौँ- फिनटेक उद्योगमा नेपालकै अग्रणी एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठलाई एफवान सफ्ट ग्रुपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो । उनी यस अघि एफवान ग्रुप अन्तर्गतको हेल्थ टेक भर्टिकल कोजेन्ट हेल्थमा सिइओको रुपमा र इसेवा मनि ट्रान्सफरमा निर्देशकको रूपमा कार्यरत थिए । 

आफ्नो नयाँ जिम्मेवारी सम्हाल्दै डाइरेक्टर श्रेष्ठले भने ‘एफवानसफ्ट अन्तर्गतका कम्पनीहरुको अहिलेसम्म जुन कम्पिटेन्सी बनेको छ, यसमा थप नयाँ सिनर्जी ल्याउन र  ग्रुप लेवल ग्रोथको भिजन प्राप्त गर्ने दिशामा मैले काम गर्नेछु। ’ 


स्ट्राटेजिक म्यानेजमेन्ट र मार्केटिङ्गमा एमबीएसम्म अध्ययन गरेका श्रेष्ठ अब्बल व्यवस्थापकका रुपमा चिनिन्छन् । श्रेष्ठसँग फिनटेक, हेल्थटेक, रेमिट्यान्स् लगायतका क्षेत्रहरुको विभिन्न कर्पोरेटमा उच्च तहमा १३ वर्षभन्दा बढि काम गरेको अनुभव छ । 
 
सफ्टवेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफ्टवेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्ट ग्रुप अन्तरगत हाल १३ वटा कम्पनी सञ्चालनमा रहेका छन् ।

एफवान सफ्ट अन्तरगत इसेवा, फोनपे, इसेवा मनि ट्रान्सफर, कोजेन्ट हेल्थ, दियालो टेक्नोलोजिज, बससेवा लगायतका स्थापित  कम्पनी रहेका छन् । नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थामा एफवान सफ्टले विकास गरेका मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भाइबर बैंकिङ्ग लगायतका सोलुसन प्रयोग हुँदै आएका छन् ।

एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो भने पछिल्ला दिनमा निकै सफल मानिएको फोनपेले स्वेदेशी र विदेशी भुक्तानीको क्षेत्रमा अन्तरआवद्धतताको रुपमा कार्य गर्दै आएको छ । नेपालमा क्यूआर भुक्तानीको क्षेत्रमा फोनपेले एक किसिमको क्रान्ति नै ल्याएको छ ।


Author

थप समाचार
x