कर्पोरेट

सनराइज बैंकले मनायो आफ्नो १५औं वार्षिकोत्सव

इकागज |
असोज १०, २०७९ सोमबार १३:३६ बजे

काठमाडौँ - बैंकिङ्ग क्षेत्रमा विश्वासिलो बैंक बन्न सफल भएको सनराइज बैंकले स्थापनाको १५ औं वर्ष पूरा गरेको छ । बैंकले १५ औं बार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा आश्विन ८ गते शनिवार साइकल र्‍याली गरेको छ ।

'स्वच्छ वातावरण स्वस्थ जिवन' भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरिधारा स्थित सनराइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौ र ललितपुरका बिभिन्न टोल हुँदै पुन: प्रधान कार्यालयमै आएर समापन भएको थियो । ३५० जना भन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रमले वातावरण संरक्षण र स्वस्थ रुपमा जीवन बाँच्न सन्देश सामेल थियो ।


यसैगरी सनराइज बैंकले आश्विन ९ गते आइतवार रक्तदान कार्यक्रम समेत गरेको छ । विभिन्न सामाजिक तथा अन्य कार्यक्रमहरु  गरी आफ्नो १५ औं बार्षिक उत्सव मनाइरहेको सनराइज बैकले ८ लाख भन्दा बढी ग्राहकहरुलाई १३९ वटा शाखा, ९७ वटा शाखा रहित बैंकिङ्ग, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएम वाट सेवा प्रधान गर्दै आएको छ । 


Author

थप समाचार
x