कर्पोरेट

भिभोको वाई २२ एस र वाई १६ स्मार्टफोन सार्वजनिक

इकागज |
असोज १०, २०७९ सोमबार १३:२३ बजे

काठमाडौंँ - भिभोले आज लोकप्रिय वाई सिरिजअन्तर्गत दुई नयाँ मोडल वाई २२ एस र वाई १६ नेपालमा सार्वजनिक गरेको छ । भिभो वाई सिरिज नेपालमा बजेटमैत्री स्मार्टफोनहरू भनेर समेत चिनिन्छ । भिभाले वाई सिरिजमा ठूलो सफलता हासिल गरेको छ र यसलाई कायम राख्न आफ्नो प्रयोगकर्ताहरुका लागि नयाँ–नयाँ स्मार्टफोनहरू विकास गर्दै आइरहेको छ ।

पर्याप्त स्टोरेज, सहज कार्यसम्पादन र उत्कृष्ट लुकका साथ आज सार्वजनिक भएका वाई २२ एस र वाई १६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरूका लागि उपयुक्त स्मार्टफोन हुन् ।​ 


भिभो नेपालका सीईओ माइकलले भने, “नेपालमा वाई सिरिजले धेरै माया पाएको छ र युवा ग्राहकहरूको हृदयमा एक विशेष स्थान बनाउँन सफल भएको छ । प्रयोगकर्ताहरुले दिनुभएको मायालाई बर्करार राख्न हामीले डिजाइन, कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्ने मूल विचारका साथ बजारमा वाई२२एस र वाई१६ सार्वजनिक गरेका छौं । स्टाइलिश डिजाइन, विशाल ब्याट्री, व्यापक स्टोरेज र शक्तिशाली प्रदर्शनका साथ, वाई १६ र वाई २२ एस ग्राहकहरुको व्यस्त समयतालिकालाई व्यवस्थापन गर्नका लागि उपयुक्त साथी हुनेछ । हरेक पक्षमा उत्कृष्ट स्मार्टफोन खोज्न ग्राहकहरुका लागि हामीले वाई सिरिज एक गो–टु शोलुसनको रुपमा विकास गरेका छौं ।” 

वाई२२एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६ जीबी र्‍याम र १२८ जीबी रोम रहेको छ जसले प्रयोगकर्ताहरूलाई बिना कुनै ढिलाइ एकै साथ धेरै एपहरू चलाउन अनुमति दिन्छ । विस्तारित र्‍याम सुविधाले निष्क्रिय रोमको स्पेस प्रयोग गर्छ र रोमलाई पनि १ टेराबाईटसम्म मेमोरी कार्डको साहेताले एक्सटेन्ड गर्न मिल्छ ।

वाई२२एस एआई पावर–सेभिङ टेक्नोलोजीको साथ आउँछ र यसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ जसले दिनभर टिक्ने चार्ज प्रदान गर्दछ । यो ५०एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ र ८एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्यूटी छ जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्वीरहरू लगातार क्लिक गर्न मद्दत गर्दछ ।

पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडसँग अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्तालाई कम उज्यालोमा पनि उत्कृष्ट तस्वीरहरू लिन अनुमति दिन्छ । यसबाहेक, मल्टी–स्टाइल पोट्र्रेटमा फेस ब्यूटी, बोकेह, र अन्य शैलीहरू वाई२२एस मा समावेश छन् जसमार्फत प्रयोगकर्ताहरूले व्यक्तिगत पोट्र्रेट बनाउन सक्छन् ।

रातको समयमा पनि विस्तृत र जीवन्त तस्वीरहरु खिच्दै वाई२२एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ । अर्कोतर्फ, वाई१६ ले केही प्रभावशाली स्पेसिफिकेशनहरू, २.५डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेंडी डिजाइन प्रदान गर्दछ ।

वाई १६ को एपिअरेन्स आकर्षक रहेको छ । यो स्मार्टफोन ४जीबी र्‍याम र ६४ जीबी रोम भेरियन्टमा आउँछ । यसमा भएको मिडियाटेक हेलियो पी३५ अक्टा–कोर प्रोसेसरले सहज मल्टी–टास्किङ र अधिकतम कार्यक्षमता प्रदान गर्दछ ।

वाई१६ मा क्यामेरा सेटअपले अझ बढि आकर्षण थपेको छ र प्रयोगकर्ताहरूलाई १३एमपी एआई डुअल क्यामेराको साथ आकर्षक शटहरू क्लिक गर्न सक्षम बनाउँछ । वाई२२एस स्टारलिट ब्लू र समर सायन कलरमा २७ हजार ९ सय ९९ मुल्यमा मिनिमालिस्टिक आउटलुकको साथ उपलब्ध छ । त्यस्तै वाई १६ प्राकृतिक लुक– स्टेलर ब्ल्याक र ड्रिजलिंग गोल्ड कलर भेरियन्टमा रु १९ हजार ९ सय ९९ मा उपलब्ध छ । 


Author

थप समाचार
x