कर्पोरेट

'हिरो इलेक्ट्रिक स्कुटरको नाडा इभी अटो सो' मा नगद तथा गिफ्ट ह्याम्परको आकर्षक अफर

इकागज |
असोज १०, २०७९ सोमवार १३:१ बजे

काठमाडौँ- भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई. मोविलिटी प्रा.लि. (लक्ष्मी ग्रुपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरिसकेको छ । लक्ष्मी ई. मोविलिटी प्रा. लि. ले नाडा इभी अटो सो मा स्टल न सि ७ मा बुकिङ गरि स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगद सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ जसमा  २५ हजारसम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिङ मेसिन रहेका छन् ।

नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्री सहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । एक पटक फूल चार्ज गरी ८२ किलोमिटर देखि १ सय ६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारत सहित नेपालमा पनि अति राम्रो बजार लिएको छ ।


भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडेल उपलब्ध गराइएको छ र थप नयाँ मोडलको बारेमा जानकारी लिनको निम्ति आजै नाडा इभी अटो सो मा स्टल नं सि ७ मा सम्पर्क गर्न सकिनेछ ।

एक दशक भन्दा लामो समयदेखि भारतमा नं. १ स्थान ओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी ई. मोविलिटी प्रा. लि. ले नेपालभरका इच्छुक पक्षबाट डिलरसिपको लागि  समेत आवेदन लिँदैछ ।

हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो । हिरो  इलेक्ट्रिकका हजारौं सन्तुष्ट ग्राहक छन् । हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रिक मोविलिटी  क्षेत्रमा एक दशकभन्दा लामो समयदेखी अग्रस्थान ओगट्दै आइरहेको छ ।


Author

थप समाचार
x