कर्पोरेट

स्टाइलिस डिजाइन र थप विशेषता सहित नेपाली बजारमा भित्रियो हुन्डाई औरा

इकागज |
भदौ २३, २०७९ बिहिवार १३:५४ बजे

काठमाडौंँ– हुन्डाईले नेपाली बजारमा थप आकर्षक स्वरुप र नयाँ विशेषताहरूसहित हुन्डाई औरा भित्र्याएको छ । कम्पनीले थप विशेषता सहित हुन्डाई औरा नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका अनुसार हुन्डाई औरा नेपाली ग्राहकहरूको 'भाइब्रेन्स अफ पोजिटिभिटी' र 'स्पिरिट टु गो द डिस्टेन्स' द्वारा परिभाषित गरिएको छ ।  

पुरानो गाडीबाटअपग्रेड वा नयाँ गाडी किन्दा  ग्राहकहरूका लागि हुन्डाई औरा एउटा असल रोजाइ हुन सक्ने कम्पनीको दाबी छ ।  यसको उत्कृष्ट डिजाइनले हुन्डाईको विशिष्ट 'सेन्सस स्पोर्टीनेस' शैली व्याख्या गर्दै आधुनिक र आकर्षक शैलीलाई व्यक्त गर्छ ।


हुन्डाई औराको अगाडिको भागमा बूमर्याङ डेटाइम रनिङ ल्याम्प्स (डीआरएल​​), प्रिमियम स्याटिन फ्रन्ट ग्रील र प्रोजेक्टर टाइप फग ल्याम्पस्  जडान गरिएको कम्पनीले जनाएको छ । कप  जस्तो ढाँचा र युनिक क्यारेक्टर लाइनले यो गाडीलाई अझै आकर्षक देखाएको कम्पनीले जनाएको छ ।

यसमा प्रयोग भएको आर१४ डाइमण्ड कट टाइप अलोय ह्वीलले यसको साइड प्रोफाइल आकर्षक देखाउनुका साथै ग्राउन्ड क्लियरेन्स १६५ एमएम  छ। 

फराकिलो र बलियो बम्पर डिजाइन, एलईडी टेल ल्याम्प र स्टाइलिस ३ डिमेन्सनल आउटर लेन्सको साथ हुन्डाई औराको पृष्ठभागको आकार निकै भिन्न रहेको कम्पनीले जनाएको छ ।  उत्कृष्ट ड्राइभिङ प्रदर्शन र गतिशीलताले औरा चलाउदा सहज अनुभव गराउँछ ।  कम्पनीले नेपाली बजारमा हुन्डाई औराको प्रारम्भिक मूल्य ३६ लाख ५६ हजार रुपैयाँ कायम गरेको छ  ।


Author

थप समाचार
x