कर्पोरेट

ग्रेट वाल मोटरको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर सार्वजनिक

इकागज |
भदौ २१, २०७९ मंगलबार १६:१४ बजे

काठमाडौँ– ग्रेट वाल मोटर (जि.डब्लु.एम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भिजी. इम्पेक्स प्रा.लि. ले दशैँ, तिहार र छठ लक्षित नयाँ योजना सार्वजनिक गरेको छ। जि.डब्लु एमका गाडीको खरीदमा आकर्षक छुटका साथै विभिन्न योजनाहरु उपलब्ध गराउने भएको हो ।

यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी– हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध छ । कम्पनीको यो अभियान ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकहरूप्रति प्रतिवद्धताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने कम्पनीले जनाएको छ।


 कम्पनीकाअनुसार जिडब्लुएमका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ । यस योजना अन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्ष सम्म फ्रि मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन् ।

साथै, लोएल्टी बोनसको रुपमा ग्राहक स्वयं वा आफ्नो परिवारसँग कसैको पहिले नै जि.डब्लु.एमका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् । ग्राहकहरुले निशुल्क एक्सेसोरिज सहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गाडी खरिदकर्ताले निम्‍न अनुसारको छुट प्राप्त गर्नेछन् ।

  • आकर्षक नगद छुट
  • एक वर्षको कम्प्रिहेन्सिभ बीमा
  • एक वर्ष सम्म फ्री मेन्टिनेन्स सुविधा
  • आ.व.७८/७९ को रोड ट्याक्स फ्री
  • लोएल्टी बोनस
  • फ्रि एसेसोरिज
  • ५ वर्ष वारेन्टी
  • ३ वर्ष फ्री सर्भिस
  • स्पट भ्यालुएसन एण्ड एक्सचेन्ज तथा अन्य धेरै


Author

थप समाचार
x