कर्पोरेट

कम्प्याक्ट पिकअप ट्रक 'विंगल फाइभ' नेपालमा, मूल्य ५२ लाख ४९ हजार

इकागज |
साउन २९, २०७९ आइतबार १४:१२ बजे

काठमाडौँ- जि.डब्लु एम (ग्रेट वाल मोटर्स) नेपालले पिकअप ट्रक विंगल फाइभ लन्च गरेको छ । यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जि.डब्लु. एम. द्वारा डिसेम्बर २००६ मा निर्माण र मार्केटिङ गरकोे थियो । यो विदेशी बजारमा निर्यात र अष्ट्रेलियामा बिक्री हुने पहिलो चिनियाँ पिकअप ट्रक हो र जि.डब्लु एमका सर्तहरूमा अन्य ब्रान्डहरू भन्दा धेरै अगाडि छ ।  पिकअप बिक्री र बलको आधारमा, यसको पिकअप लाइन अपमा यसको चीनमा बिक्री हुनेमा धेरै वर्ष शीर्ष स्थानमा रहेको छ ।

विशेषताहरू


अब नेपालमा उपलब्ध, यो पिक–अप विंगल फाइभमा  १०५ किलोवाट (१४१ एचपी) र ३०५ एनएम क्षमता प्रदान गर्ने नयाँ २.० एल टर्बो–डिजेल इन्जिन छ । विगंल फाइभमा स्तरीय अलोई ह्वील, रेडियो, इलेक्ट्रिक विन्डोज, लेदर–ट्रिम गरिएको सिट, रियर डिफरेंशियल लक, टिपिएमएस र अटो–एयर कन्डिसनले सुसज्जित छ । यो २.० एल इन्जिनले उच्च दक्षता, कम इन्धन खपत र उल्लेखनीय कार्य क्षमता प्रस्तुत गर्दछ । 

यसमा अगाडिको भागमा स्टाइलिस ग्रिल डिजाइन भएको डिआरएल छ । यसको बाह्य साइड मिररहरूमा टर्न इन्डिकेटर जस्ता सुविधाहरू पनि समावेश गरिएको छ । यसको भागमा हलोजन बत्तीहरूको साथ सीधा डिजाइन छ र कार्गो बडीमा स्क्र्याच वा कुनै पनि प्रकारको क्षतिबाट बच्न कम्पनी फिट बेडलाइनरहरू छन् । यसको अलोई लुकले बाहिरी बनावटलाई प्रिमियम देखिन मद्दत पुर्‍याएको छ । छालाको फिनिसिङको साथ प्रिमियम देखिने भित्री भागका लागि पनि त्यस्तै भन्न सकिन्छ ।

मूल्य

स्काई सिल्भर, पर्ल ब्ल्याक, र टाइटेनियम ह्वाइट जि.  जिडब्लसएम विंगल फाइभ को लागि उपलब्ध तीन रंगहरू हुन् । यो कम्प्याक्ट पिकअप ट्रक विगंल फाइभको मूल्य नेपाली बजारमा यसको मूल्य ५२ लाख ४९ हजार तोकिएको छ ।


Author

थप समाचार
x