कर्पोरेट

डिसहोममा १ वर्षको रिचार्ज गर्दा दुई जनाले जिते १/१ लाख

इकागज |
साउन २३, २०७९ सोमबार १६:३८ बजे

काठमाडौं– डिशहोममा एकवर्षको रिचार्ज गर्दा माडि गाउँपालिका तारकेबाङ सत्लिमारे माडि लघु जलविद्युतका सचिव ज्ञान बहादुर खड्का र सदस्य विजयकुमार घर्तीले नगद एक/एक लाख जितेका छन् । नमुना स्याटलाइट प्रा.लि. डिलर अन्तर्गत रहेको घर्ती गाउँ रोल्पाका चन्द्र इलेक्ट्रोनिक्सका डिलर दाइहरू चन्द्र घर्ती कोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । 

अब एक वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाईने भएको छ ।  उक्त योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरूले फण्ड ट्रान्सफर मार्फत एक बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन्।


डिसहोम तर्फबाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर सङ्गित बिष्टबाट डिलर दाइ चन्द्र घर्ती ,भवन सिंह बुढा,शशि राम बुढाको उपस्थितिमा  पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।  उक्त योजनामा सहभागी भए भरपुर लाभ लिन सकिने विश्वास कम्पनीले लिएको छ । लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाइलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसकिने छ ।


Author

थप समाचार
x