कर्पोरेट

एनसेलले पुन: ल्यायो  ‘सही यो ! पावर सिम’, यस्ता छन् विशेषता

इकागज |
साउन २३, २०७९ सोमवार १५:४४ बजे

काठमाडौंँ- एनसेल आजियाटा लिमिटेडले युवाहरुले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः सञ्‍चालनमा ल्याएको छ । यस सिममा  इन्स्टाग्राम, माइफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता रहेको एनसेलले जनाएको छ ।

ग्राहकहरूले करसहित मात्र ९७ रूपैयाँमा उक्त सिम लिन सक्नेछन् । सिममा ग्राहकले २० रूपैयाँको मेन ब्यालेन्स सहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउने भएका छन् ।
 
साथै युवाहरुको लागि विशेष ‘सही यो’ प्याक लिने ग्राहकले प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा ननस्टप रुपमा निःशुल्क चलाउन सक्ने कम्पनीले जनाएको छ । 


त्यस्तै यो प्याक सुचारु गर्ने ग्राहकले ३० दिन सम्म माइफाइभ सेवा पनि निःशुल्क सुचारु गर्न सक्नेछन् ।  माइफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरि ती पाँच माइफाइभ नम्बरहरूमा प्रति मिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन् ।
 
यस प्याकको अर्को विशेषता भनेको ग्राहकले सिम सुचारु गरेको २ देखि ६ महिनाको अवधि भित्र ५० रुपैयाँ वा सोभन्दा बढि रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माइफाइभ सेवा पुनः सुचारु हुनेछ ।  निःशुल्क इन्स्टाग्राम र माइफाइभ सेवा कुल ६ महिना सञ्‍चालनमा रहने छ । ग्राहकले एस्ट्रिक्स १७१६४ ह्यास डायल गरी माइफाइभ सेवा अन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्छन्  र आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा धेरै भन्दा धेरै कुराकानी गर्न सक्छन् ।
 
उक्त प्याक अन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स् र हंगामा म्यूजिक जस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म निःशुल्क मजा लिन सक्ने एनसेलले जनाएको छ ।
 
यो सिम लिनका लागि ग्राहकले नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ ।
 
यो योजनाले युवावर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरूले बढी प्रयोग गर्ने सेवाहरूमा सहज र सरल पहुँच बनाउने विश्वास एनसेलको रहेको छ ।  साथै धेरै सेवा सुविधाका साथ ल्याउन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । 

 

 


Author

थप समाचार
x