कर्पोरेट

'हेल्थ एट होम'मा रेडियोलोजी सेवा थपियो

इकागज |
साउन २३, २०७९ सोमबार १४:३० बजे

काठमाडौंँ– हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ । उक्त सेवाको उद्घाटन त्रिवि शिक्षण अस्पतालका भूतपूर्व एचओडी, मेडिसिटी अस्पतालका  वर्तमान प्रमुख डा. रामकुमार घिमिरेले ‘घरमै स्वास्थ्यको रेडियोलोजी’ विभागको उद्घाटन गरेका थिए । 

डा. घिमिरेले उद्घाटनका क्रममा भने, ‘उक्त सेवा समुदायमा अति आवश्यक पर्ने सेवा रहेको र पेशागत प्रतिवद्धता र बिरामीको हेरचाहको लागि आवश्यक पर्ने आविस्कार आवश्यक छ ।’  उनले भने, ‘विभागले घरमा अल्ट्रासाउण्ड र इकोकार्डियोग्राफि प्रदान गर्नेछ र निकट भविष्यमा एस्सरे र अन्य विभिन्न रेडियोलोजी सेवा समेत थप्ने लक्ष्य राखेको छ ।’


उनले सेवा नैतिकतामा आधारित हुनुपर्ने र बिरामीको हितका लागि आधारित हुनुपर्ने कुरामा जोड दिए । उक्त सेवा नेपाली समुदायका लागि निकै सहयोगी हुने कुरा पनि उनले बताए ।  यस्तै रेडियोलोजी विभागका प्रमुख डा. रेग्मीले भने, ‘हेल्थ एट होमले सेवाका रुपमा विस्तारामा बाँधिएका र उचित रेडियोलोजी सेवाहरु बिना समुदायमा रहेका बिरामीहरुलाई ठुलो मद्धत पुग्छ ।’ यसले आम मानिसलाई निकै सहयोग पुग्नेमा उनको भनाइ केन्द्रित थियो । 

यस संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. विशाल ढकालले नयाँ सेवा विभाग थपिएपछि मात्रै समुदायमा बिरामीको हेरचाह गर्ने प्रतिबद्धता अझ बलियो भएको बताए । उनले भने, ‘यस संस्थाले सधै हेरचाहमा पहुँचको वकालत र समर्थन गर्दै आएको छ । रेडियोलोजीको नयाँ सेवाले बिरामीलाई घरमै पुगेर उत्कृष्ट सेवा प्रदान गर्नेछ ।’ 


Author

थप समाचार
x