कर्पोरेट

मेटलाइफले गर्‍यो विभिन्‍न जिल्लामा बीमा सचेतना कार्यक्रम आयोजना

इकागज |
साउन २२, २०७९ आइतबार १९:९ बजे

काठमाडौँ- मेटलाइफले गत हप्ता ६ ग्रामिण जिल्लाहरुमा जीवन बीमा बारे जनचेतना कार्यक्रम आयोजना गरेको छ।  उक्त कार्यक्रममा सहभागी ६०० जनाले बिभिन्न बीमालेखका फाइदाहरु बारे जान्ने मौका पाएका थिए ।  नेपालगन्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा कार्यक्रमको सञ्चालन गरिएको थियो ।
 
उक्त कार्यक्रमले मानिसहरूलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाइहरूलाई घटाएर आपतकालीन रणनीति विकास गर्न मद्दत गर्ने बताइएको छ ।

जीवन बीमा उनीहरूका आपतकालीन समयको लागि महत्त्वपूर्ण रहेको र यसले कुनै पनि अप्रत्याशित परिस्थितिहरू जस्तै प्राकृतिक प्रकोप वा जीवनलाई खतरामा पार्ने रोगहरू लागेको खण्डमा उनीहरूको परिवारहरूलाई आर्थिक सुरक्षा प्रदान गर्ने बताइएको छ।  जीवन बीमा योजना प्राप्त गर्नाले मनिसहरूलाई दुर्भाग्यपूर्ण घटना पछि आफ्नो सामान्य जीवन पुनः सुरु गर्न पनि मद्दत गर्ने भनिएको छ । 



Author

थप समाचार
x