कर्पोरेट

आइएमई लाइफ इन्स्योरेन्सको बृहत रक्तदान कार्यक्रम सम्पन्न

इकागज |
साउन २२, २०७९ आइतबार १६:२५ बजे

काठमाडौँ - आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा  आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागि भएका थिए ।

कम्पनीका प्रमुख सञ्‍चालक अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, धरान, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, घोराही, नेपालगन्ज, धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो ।


 नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौ वार्षिकोत्सवका अवसरमा अन्य विविध कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिए । 
२०७४ भदौ १ गतेदेखि कारोबार सञ्‍चालन आएको आइएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको जनाएको छ । 

आफ्ना ग्राहक वर्गहरुमा सर्वसुलभ पहुँच, उत्कृष्ट बीमालेखन, झन्झट मुक्त दाबी र व्यवसाय अनुकुलको समाधान गर्ने लक्ष्य रहेको  प्रमुख कार्यकारी अधिकृत फुयाँलले बताउनु भयो । जीवन बीमाबारेमा जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरुको माध्यमबाट ग्राहकहरुको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ  जीवन बीमा ब्यवसाय सञ्चालन शुरु गरिएको कम्पनिले जनाएको छ ।


Author

थप समाचार
x