कर्पोरेट

कुमारी बैंक लिमिटेड र माया मेट्रो अस्पतालबीच सम्झौता

इकागज |
असार १६, २०७९ बिहिवार १२:३३ बजे

काठमाडौँ - कुमारी बैंक लिमिटेड र धनगढी, कैलालीस्थित माया मेट्रो अस्पतालबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वास्थ्योपचार सम्बन्धी सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, एन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटि, अम्बुलेन्स सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।


कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४५ शाखारहित बैंकिङ्ग इकाई तथा  २४ एक्सटेन्सन काउण्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।


Author

थप समाचार
x