कर्पोरेट

नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

इकागज |
जेठ १०, २०७९ मंगलबार १७:५३ बजे

काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कावासोती-८ कावासोती बजार, इन्द्रचोक मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकका संचालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुक्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत, दिपेश प्रधान लगायत बैंकका कर्मचारी, कावासोती च्यामबरका अध्यक्ष डाँसुराज पोखरेल  तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । 


देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ  बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखासहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरू सञ्चालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १३७ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखा रहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  


Author

थप समाचार
x